
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: पहिलोपटक नेपाल एयरलाइन्सको न्यारोबडी जहाज
काठमाडाैँ– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक नेपाल एयरलाइन्सको न्यारोबडी जहाज अवतरण गरेको छ। अन्तराष्ट्रिय उड्डयन प्रवर्द्धन गर्न काठमाडौं–भैरहवा उडान गरेको हो।
भैहरवा विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले करिब ७० जना यात्रु बोकेर काठमाडौंबाट भैरहवा विमानस्थल न्यारोबडी अवतरण गरेको जानकारी दिए। नेपाल एयरलाइन्सको जहाज ८ बजे भैरहवाबाट काठमाडौं आउँदै छ।
प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्दै छन्। उद्घाटनका लागि प्रधानमन्त्री देउवा र पर्यटनमन्त्री प्रेम आले आइतबार नै विमानस्थलमा पुगेका छन्।



कागजपत्र |
