एउटा वडाका मतदाता अर्को वडामा गए कारबाही


ओखलढुंगा – जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एउटा वडाका मतदाता अर्को वडामा जान रोक लगाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडामा आवतजावत गरेमा कानून बमोजिम कारवाही गरिने चेतावनी दिएको हो ।

प्रशासनले मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिता पूर्ण रुपमा पालना गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया