अवैध लागूऔषधसहित ३ जना पक्राउ


काठमाडौं – भक्तपुर नगरपालिका ५ त्रिपुरासुन्दरीबाट नियन्त्रित लागूऔषध ४ थान नोफिन, ४ थान फेनारगन र ४ थान डाइजेपामसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

भक्तपुर झौखेल बस्ने सोही नगरपालिका १ दुधपाटी घर भएका २९ वर्षीय राजु कर्माचार्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दरवार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र प्रदेश २-०३५ प ८९६ नम्बरको स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका ८ ठुलढुङ्गाबाट नियन्त्रित लागूऔषध ८ पिस नुर्फिन, ८ पिस डाइजेपाम र ८ पिस फेनारगन सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ८ गणेश टोल बस्ने ३२ वर्षीय राजकुमार सेन र सोही ठाउँस्थित लालीम टोल बस्ने २६ वर्षीय डोलराज पौडेल रहेका छन् ।

लागूऔषध लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया