सुनको भाउ ७०० रुपैँयाले घट्यो, तोलाको कति ?


काठमाडौं : आज मंगलबार नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ।

मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ। त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया