बिहानैदेखि वाग्मती प्रदेशमा बदली, दिउँसो मेघगर्जनसहित पानी पर्ने


काठमाडौं- वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जनसहित पानी पर्ने भएको छ। आज बिहानैदेखि वाग्मतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का  वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको  संयुक्त प्रभाव रहेको विभागले जनाएको छ।

प्रतिक्रिया