चीनको कोष उद्योगलाई अवसरहरु सदुपयोग गर्न आग्रह
काठमाडाैं – चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पुँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्त्वपूर्ण अवधिमा रहेको बताएका छन् ।
चाइना धितोपत्र नियामक आयोगका उपाध्यक्ष फाङ सिङ्हाइले चीनको सम्पत्ति व्यवस्थापन संघको बैठकमा उक्त कुरा बताएका हुन् । ‘कोष उद्योगले अवसरहरु सदुपयोग गर्नुपर्छ, उच्च गुणस्तरको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ र वास्तविक अर्थतन्त्रलाई अझ राम्रो सेवा दिनुपर्दछ,’ उनले भने।
गत महिना चीनले प्रमुख बैठकहरूमा पुँजीको भूमिकालाई जोड दिएको थियो। पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्ने प्रयास गरिनेछ र महत्वपूर्ण उत्पादन कारकको रूपमा पुजीको सकारात्मक भूमिका खेल्ने छ,’ उनले भने।