

यी हुन् प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको निरन्तर सुनुवाईमा तोकिएका पाँच न्यायाधीश

काठमाडौं – सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आजदेखि सुरु गर्ने सुनुवाईका लागि न्यायाधीशहरु तोकिएका छन् ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका छन्।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका छन्। उनीहरू यसअघि पुस १० को सुनुवाइमा पनि रहेका न्यायाधीशहरू नै हुन् ।

