महेन्द्रनगरको एक होटलमा एक युवक मृत फेला


महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत अवस्थामा फेला परेको छन् ।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरि होटललाई सील गरि अनुसन्धान भइरहेको छ

ती युवकको मृत्युको कारण भने खुल्न नसकेको डीएसपी शाहलो जानकारी दिए ।

 

प्रतिक्रिया