एआईजी थापा आजबाट काममा फर्किए


काठमाडौँ– सरकारले नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहलाई बनाएपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० सहकुलबहादुर थापा बुधबारबाट काममा फर्किने भएका छन्।

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर थापाले आफू बुधबारबाट काममा फर्किने बताएका हुन्।

गत आइतबार मन्त्रिपरिषद् बैठकले सिंह आईजीपी बनाउने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै थापाले १० दिनको बिदा लिएका थिए। अर्का असन्तुष्ट एआईजी विश्वराज पोखरेलले भने आइतबारै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइसकेको छन्।

थापा प्रहरीको कार्य विभाग प्रमुख छन्। कार्य विभाग प्रमुखले नै निर्वाचनसम्बन्धी मामिला हेर्ने गर्छन्।

प्रतिक्रिया