बालेनमाथि केशव स्थापितको निरन्तर प्रहार


काठमाडौं। एमालेबाट काठमाडौं मेयरको उमेदवार बनेका केशव स्थापित अभिव्यक्तिका कारण पछिल्लो सयम एकपछि अर्को विवादमा तानिएका छन् ।

विशेषगरी उनीमाथि लागेको यौन दुराचारीको आरोप र त्यसबारे उनले ुपीडितु महिलामाथि गरेका टिप्पणी र काठमाडौंकै मेयरमा स्वतन्त्र उमेदवारी दिएका बालेन शाहमाथि उनीबाट भइरहेका निम्न स्तरका टिप्पणीले उनी विवादित बनिरहेका छन् ।

उसो त एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले स्थापितको बचाउ गर्दै चुनावका बेला चरित्रहत्या हुने गरेको अभिव्यक्ति दिइसकेका छन् । वैशाख १५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले ‘चुनावको बेलामा चरित्रहत्या र मीटू आउँछन् । मीटूको कुनै जवाफ आउँछ? यस्तो बेलामा मीटूको के जवाफ रु चुनाव आयो कि मी टू !’ भनी अभिव्यक्ति दिएका थिए ।

पीडित महिलाले मी टू अभियानबाटै घटना सार्वजनिक गरेकी थिइन् ।पछिल्लो समय उनै स्थापित बालेन शाहमाथि खनिन थालेका छन् । स्वतन्त्रबाट उमेदवारी दिएर चर्चा कमाएका युवा शाहमाथि स्थापित एकपछि अर्को आरोप लगाइरहेका छन् ।

वैशाख १८ गते शाहलाई उनले ुफुच्चेु भनेर सम्बोधन गरेका थिए । त्यतिमात्र होइन शाहलाई उनले ‘अन्तर्राष्ट्रिय ठगुको आरोप लगाएका थिए । उनले समग्र मधेसी समुदायमाथि असर पुग्ने खालको अभिव्यक्ति दिएका थिए ।

त्यसक्रममा उनले भनेका थिए,‘हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने? दर्तावाला ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ?’

सो अभिव्यक्तिलाई लिएर चौतर्फी व्यापक आलोचना भयो । तर, आलोचना सेलाउन नपाउँदै मंगलबार वैशाख २० गते स्थापित फेरि शाहमाथि खनिएका छन् । मंगलबार भने उनी केही नरम देखिए । तर, शब्दवाण भने आफ्नै शैलीमा हान्न भ्याए ।

बानेश्वरमा आयोजित एक कार्यक्रममा उनले शाहले आफ्नो केशव स्थापितको फोटोको दुरुपयोग गरेको आरोप लगाए ।

‘यो बालेन भन्ने पात्रलाई केही नबोल भनेको, ठिक छ बोल्दिनँ । तर, मैले उठाएको कुरा के भने गर्नै नहुने काम गर्‍यो । राजनीतिमा यस्तो प्रवृत्तिलाई प्रश्रय दिनुहुन्न । एउटा कोठामा बसेर पाँच÷सात सय मोबाइलबाट घाँटीसम्म टिसर्ट लगाएको उसको फोटोमा मेरो टाउको हालेर तल लौरो एउटा राखेर ुकेशव स्थापितलाई जिताऔँ, लौरोमा छाप हालौँ भन्छ कस्तो बेवकुफ रैछ । गर्न पाइन्छ यस्तो ?’ उनले प्रश्न गरे ।

स्थापितले शाहमाथि र्‍यापमार्फत महिलाप्रति अपमानपूर्ण शब्द प्रयोग गरेको आरोप पनि लगाउँदै आएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा स्थापतिले भनेझैँ शाहको फोटोमा स्थापितको टाउको जोडेर दुष्प्रचार भइरहको पनि सत्य हो । तर त्यो कसले गरेको भन्नेबारे भने जानकारी छैन।

 

प्रतिक्रिया