काठमाडौं महानगरमा एमालेका ३ र कांग्रेसका १ जना वडा सदस्य निर्विरोध निर्वाचित


काठमाडाैँ- काठमाडौं महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित  भएका छन्। स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

यसरी निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन्।वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेदवारी परेको थियो भने वडा २३ बाट नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो।

प्रतिक्रिया