नागार्जुन नगरपालिकामा कांग्रेसकी वडा सदस्य निर्विरोध निर्वाचित


काठमाडौं । नागार्जुन नगरपालिकाको वडा नम्वर ४ को दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी शोभा नेपाली निर्विरोध निर्वाचित भएकी छन् ।

निर्वाचन अधिकृत पार्वति अर्यालले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा नेपाली निर्वाचित भएको भन्दै प्रमाण पत्र समेत वितरण गरेकी हुन् ।

विजयी नेपालीलाई कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्य तथा पूर्वकेन्द्रीय सदस्य किरण गिरी, पार्टीको तर्पmबाट नागार्जुन नगरपालिकाको मेयर पदमा उम्मेदवार भएका मोहन बहादुर बस्नेत लगायतले आइतबार विजयी नेपालीलाई बधाई दिए ।

पार्टीले उपमेयर पदमा कल्याणी खड्कासहित वाँकी दस वटै वडाहरुमा अध्यक्ष लागायत सम्पुर्ण सदस्य हरुमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन घर दैलो कार्यक्रम संचालन गरेको नेता गिरीले बताए ।

नेपाली कांग्रेस नागार्जुन नगर समितिले गरेको पार्टीको उम्मेदवारहरुको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टीका भ्रातृ तथा शुभेच्छु संघ संस्थाका नेता तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया