
राप्रपाको वडा कार्यालय तथा उम्मेदवारको घरमा आगजनी गर्नेलाई कारबाही गर्न माग
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ ।
राप्रपाका कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो ।
शनिवार एक विज्ञप्ति जारी गर्दै तत्काल सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।




कागजपत्र |
