सिवाईसी लघुवित्तको आईपीओ बाँडफाँट, २१ लाख बढीको हात खाली, यस्तो छ हेर्ने तरिका


काठमाडौं  – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे आइपीओको बाँडफाँट गरेको हो।

गोलाप्रथाबाट बाँडफाँट गरिएको सो आइपीओ कुल आवेदक मध्ये ३६ हजार ९४८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै सेयर पाउनेमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

यस्तै, आईपीओमा २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ।

लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म चुक्तापुँजीको ३२।५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको थियो।

कुल कित्तामध्ये जारी पुँजीको ०।५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

आइपीओको नतिजा हेर्नको लागि लिंकः

https://iporesult.cdsc.com.np/

प्रतिक्रिया