

१ लाख २४ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की – प्रहरीले पोखरा महानगरपालिका बाट जुवातास खेलीरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका २ अर्चलबोट डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-१ घर भएका ५० वर्षीय राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ, ४ बुक तास र १ थान तन्ना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

