सुनको भाउ ३०० रुपैँयाले घट्यो, तोलाको कति ?


काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेर ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले घटेर एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया