काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु


काठमाडौं –  नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

स्थानीय तहका निर्वाचनका लागि कांग्रेसको संकल्प सर्वजनिक गरेलगत्तै शीर्ष नेताहरू बैठकमा जुटेका हुन् ।

विराटनगरसहितका महानगर तथा अन्यत्र पनि समस्या देखिन थालेपछि त्यसको व्यवस्थापनको खाका तयार पार्न शीर्ष नेताको बैठक बसेको हो ।

बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ ।

काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।  काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया