८ थान स्कुटरसहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ


काठमाडौं – काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका(११ घर भएका १८ वर्षीय किशोर सहित ५ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार १ जना किशोरलाई चोरी भएको १ थान स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि बिहीबार काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य ७ थान स्कुटर सहित चोरी कार्यमा संलग्न ती किशोरहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।

 

 

 

प्रतिक्रिया