

२ लाख ४७ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

दाङ – घोराही उपमहानगरपालिका(१५ बस्ने ५२ वर्षीय याम बहादुर डाँगीको घरमा तास खेलिरहेको अवस्थामा डाँगी समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
डाँगीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

