तीनदिने भ्रमण सकाएर जेनेभा फर्किए टेड्रोस


काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयसस तीनदिने नेपाल भ्रमण सकाएर जेनेभाका लागि प्रस्थान गरेका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेडोसलाई विदाइ गरेका हुन्।

नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायतसँग भेटवार्ता गरेका थिए। स्वास्थ्य मन्त्री खतिवडासँगको भेटमा दोस्रो कार्यकालका लागि महानिर्देशक टेड्रोसको मनोनयनलाई नेपालले समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यस्तै, उनले ललितपुरमा टाइफाइडविरुद्धको खोप अभियानको निरीक्षण गर्नुको साथै काठमाडौंमा रहेका सरकार अस्पतालको पनि अवलोकन गरेका थिए।

प्रतिक्रिया