कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित


काठमाडौं–  सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यही वैशाख ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारीबारे छलफल गर्न बैठक भाेलिका बिहानका लागि आह्वान गरिएकाे उनले बताए ।

भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई कांग्रेसले अनुरोध गरेको छ ।

प्रतिक्रिया