
कांग्रेस शीर्ष नेता बालुवाटारमा : शुक्रबार कार्यसम्पादनको बैठक बोलाइयो
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसीरहेको छ ।
कांग्रेससहित पाँच दलिय गठबन्धनले बुधबार साँझ ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबण्डा मिलाएपछि खासगरी कांग्रेसमा देखिएको असन्तुष्टिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, पार्टी नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाको उपस्थिति छ ।
महानगर र उपमहानगरको बागबण्डालाई लिएर कांग्रेसका नेता निधी, केन्द्रीय सदस्य दिनेश कोइरालासहितका नेताले भरतपुर महानगरको प्रमुख माओबादीलाई, पोखराको प्रमुख नेकपा एसलाई र बीरगंज महानगर र जनकपुर उपमहानगरको प्रमुख जनता समाजबादीको भागबण्डामा पारिएको भन्दै आपत्ति जनाएका छन् ।
कांग्रेसले स्थानीय तहको बागबण्डालाई बलियो बनाउन भन्दै त्यस विषयमा छलफल गर्नका लागि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली शुक्रबार २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ ।
बैठकमा उपस्थित हुनको लागि मुख्यसचिव तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले शुक्रबारको बैठकमा स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारीका सम्वन्धमा छलफल हुने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् ।



कागजपत्र |
