खुल्यो काठमाडौं–मुग्लिङ सडक


काठमाडौं – चीनको तिब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको जनाएको छ । प्रहरीका अनुसार धादिङको बैरेनी बजारमा भने करिब एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ।

सो क्षेत्रमा सवारी आवागमन व्यवस्थापनका लागि आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ।

यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकखण्ड अवरुद्ध भएको थियो।

प्रतिक्रिया