

३ हजार ८ सय ७७ मा कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १३ जना कोभिड १९ संक्रमित थपिएका छन् । ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार ५२८ जनाको पिसिआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। आज थप २५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
देशभर सक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ । आज ७६ हजार ३७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

