

यस्तो छ सत्ता गठबन्धनको महानगर/उपमहानगर उम्मेदवार सहमति (सूचीसहित)

काठमाडौं – सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ ।
सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।
कांग्रेसको भागमा भरतपुर, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।
महानगरमध्ये कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुख पाउने भएको छ । त्यस्तै जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकामा कांग्रेसले उपप्रमुख पाउने सहमति बनेको छ ।
यस्तै माओवादीले ललितपुर महानगरको उपप्रमुख पाउने भएको छ । धरान र धनगढी उपमहानगरमा माओवादीले उपप्रमुख पाउने सहमति गठबन्धनमा बनेको छ । एकीकृत समाजवादीले काठमाडौं महानगरपालिका, इटहरी उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा उपप्रमुख लिने सहमति भएको छ ।
जसपाले विराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पाउने भएको छ । शीर्ष नेताले हस्ताक्षर गरेसँगै देशभरका सबै पालिकामा तालमेल गर्ने सहमति भएको गठबन्धन बैठकमा सहभागी एक नेताले बताए ।

