

काठमाडौंमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह बन्ने निश्चित

काठमाडौं – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।
महानगर कार्यसमितिले आकाङ्क्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरू सहमत भएका छन् । हिजो (मङ्गलवार) बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस नेताहरूले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने निश्चित भएका हुन् ।
विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ ।
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारी दिने सिर्जना सिंह काँग्रेस नेता प्रकाशमान सिंहका श्रीमती हुन् । काठमाडौं कांग्रेसको राजनीतिमा पकड रहेको नेता सिंहले इच्छाएकै व्यक्ति काठमाडौं मेयरको उम्मेदवार हुँदै आएका छन् ।

