म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित


काठमाडाैँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ४–० गोलको महत्वपूर्ण जित हात पारेको छ।

मंगलबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा मोहम्मद सलाहले २ गोल गरे। त्यस्तै लुइस डियाज र साडियो मानेले १/१ गोल थपे । यसअघि गत अक्टोबरमा पनि लिभरपुलले युनाइटेडमाथि ५–० गोल अन्तरको जित हात पारेको थियो।

प्रिमियर लिगको एकै सिजनमा युनाइटेडविरुद्ध कम्तीमा ८ गोल प्रहार गर्ने लिभरपुल पहिलो क्लब बनेको छ।यससँगै लिभरपुल लिगको शीर्षस्थानमा पनि उक्लिएको छ। ३२ खेलबाट उसले ७६ अंक बटुलेको छ। यद्यपि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले १ खेल कम खेल्दै ७४ अंक जोडेको छ

प्रतिक्रिया