

मालिका गाउँपालिका अध्यक्षको लागि विद्यार्थी नेता समिर गौतम सिफारिस

गुल्मी- गुल्मी जिल्लाको मालिका गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट समिर गौतम सिफारीस भएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटी गुल्मीको बैठकले उनलाई उम्मेदबार चयन गरेको हो ।
समाजवादी गुल्मी – काठमाडौं सम्पर्क मञ्चका सचिव तथा सामाजवदी निकट विद्यार्थी संगठन अनेरास्ववियू सचिबालय सदस्य समेत रहेका गौतम पछिल्लो समय राजनितिमा सक्रिय रुपमा लागिरहेका छन् ।
सोही गाउँपालिकाको उपाध्यक्षमा उर्मिला घर्ति चयन भएकी छन् । यसैबीच गौतमले सामाजिक संजालमा लेखेका छनः “समाजका अग्रजहरुको साथ समर्थन र विश्वास ले आज म अत्यन्तै हर्षित छु । राजनीति धेरै लामो यात्रा हो निरन्तर साथ सहयोग र समर्थनको अपेक्षा गरेको छु ।
विकास हामी सबैको साझा बिषय हो निरन्तर लागिरहने छौं । कोही कसैले भ्रम फैलाउने ,आलोचना गर्ने र अवमूल्यन गर्ने काम नगर्नु होला । सधैंभरि तपाईंहरु माझमा रहिरहने छु ।हामी तार्किक निष्कर्षमा पुग्नेछौं ।”
शहरी बिकास मन्त्री रामकुमारी झाक्रीको गृह जिल्ला समेत रहेको गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये समाजवादीको तर्फबाट १० वटा पालिकामा अध्यक्ष तथा उपाध्यक्ष चयन गरिएको जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारीले जानकारी दिए ।

