आईपीएलमा चेन्नईकाे पाँचाैँ हार, मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातकाे शानदार जित


काठमाडाैँ- चेन्नई सुपर किङ्सलाई तीन विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा पाँचौँ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौँ हार बेहोरेको छ । जितका लागि १ सय ७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे ।

गुजरातका डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे ।

जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौँ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौँ स्थानमा  छ ।

प्रतिक्रिया