कांग्रेस र जसपाबीच वीरगञ्‍जमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति, गठबन्धनकै अरू दल के गर्लान् ?


काठमाडौँ- सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्‍न स्थानीय तहको निर्वाचनमा पर्सामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा यी दुई दलबीच  जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ। आसन्‍न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्‍ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन्।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन्।  जिल्लाभरि मधेश प्रदेशको एकमात्र वीरगञ्‍ज महानगरपालिका, अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

वीरगञ्‍जमा यसअघि तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमालेले मेयरको उम्मेदवारका रूपमा अगाडि पनि सारिसकेको जनाइएको छ।

प्रतिक्रिया