

आजको माैसम : पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौँ- देशको पहाडी भेगमा आज वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षा हुने जनाएको छ।
विहान सार्वजनिक बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

