हाम्रो निर्णय गठबन्धन होइन, तालमेल मात्र हो : महामन्त्री शर्मा

भरतपुरको मेयर काँग्रेसकै बन्नुपर्छ


भरतपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन निर्णय नभएर तालमेल मात्र भएकाे धारणा व्यक्त गरेका छन् ।

कांग्रेस कार्यसम्पादन समितिकाे बैठकमा महामन्त्री शर्माले गठबन्धनका विषयमा धारणा राख्दै भरतपुरमा नयाँ र तेस्रो विकल्पमा जानुपर्नेमा जाेड दिएका हुन् । नयाँ र तेस्रो विकल्प भनेको दुवैले नछाड्ने अर्थात नयाँ विकल्प `मित्रवत प्रतिस्पर्धा´ हुने पनि उनले जानकारी गराए ।

महामन्त्री शर्मा भन्छन् – ०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो । माओवादी चाहन्छ यो पटक पनि काँग्रेसले सघाउनु पर्छ । हामी चाहन्छौं यो पटक माओवादीले कांग्रेसलाई छोडनु पर्छ ।

महामन्त्री शर्माका अनुसार, ‘नितान्त व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो दृस्ठिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो । तर निजात्मक बुझाई, भावनात्मक आवेग र धरातलीय यथार्थ बीच जो फरक हुन्छ , त्यही गाम्भिर्यताले तालमेलको तर्कमा म शुरुमै सहमत भएको हुँ । हाम्रो निर्णय गठबन्धन होइन – तालमेल मात्र हो । त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरुप मात्र ।’

त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ – भरतपुरको मेयर काँग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत प्रतिस्पर्धा जिन्दावाद, उनले भने।

प्रतिक्रिया