स्थानीय चुनावका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने


काठमाडाैं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको तयारीका लागि मुख्य छ वटा निर्णय गरेकाे छ । जसअनुसार पहिलाे नम्वरमा सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हाे।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

वैशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सबै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ। त्यस्तै बैठकले चुनावी सभालाई व्यवस्थित गर्न र आचारसंहितालाई पालना गराउने विषय पनि मापदण्ड तय गरेको परिचालन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यस्तै बैठकले भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन लगायतका उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ।

विज्ञप्ति

प्रतिक्रिया