लुम्बिनी प्रदेश प्राधिकरणको सिइओमा पोख्रेल नियुक्त


काठमाडौं – लुम्बिनी प्रदेश प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत .(सिइओ) मा छवि पोखरेल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार नवनियुक्त सिइओ पोखरेल​लाई सपथग्रहण गराएका हुन् ।

सपथग्रहण पछि केसीले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले त्यसलाई पूर्णता दिन निर्देशन समेत दिए । प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक पद खाली रहेको थियो ।

मन्त्री परिषद्को बैठकबाट प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा पोखरेल​लाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया