‘माओवादीले चुनाव जित्दा राष्ट्रले जित्नुसरह हुन्छ, सबै मिलेर एमालेलाई ब्याटलमा हराऔँ’


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर एमालेलाई ब्याटलमा हराउनुपर्ने बताएका छन् ।

जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरीलाई स्वागत गर्दै सम्बोधनको क्रममा प्रचण्डले एमालेविरुद्ध जसरी पनि जित हात पार्नु पर्ने बताएका हुन् ।

‘एमाले के चिज हो भन्ने कुरा धेरै लामो अनुभव तपाईंहरूले हासिल गर्नुभएको छ । मेरो पनि तीन वर्षको अनुभव त भयो । सँगै बसेर अनुभव गरेँ,’ उनले भने,‘अब हामी सबै अनुभव हासिल गरेकाहरू एकजुट भएर ब्याटल जित्नुपर्छ । हामीले जित्छौँ ।’

चुनावमा माओवादीले जित्दा राष्ट्रले जित्नुसरह रहेको उनको दाबी थियो । उनले भने,‘हामीले जित्नु राष्ट्रले जित्नु परिवर्तनले जित्नु, सङ्घीयता, लोकतन्त्र, गणतन्त्रले समावेशी समानुपातिकताले जित्नु हो ।’

 

प्रतिक्रिया