

इमरान खानको पार्टीले बुधवारदेखि देशव्यापी प्रदर्शन गर्ने

‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानाकारी दिए ।
अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरुले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।

