
आजको मौसमः यी प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौँ– प्रदेश १, बागमती र गण्डकीमा आज वर्षाको सम्भावना रहेको छ। अन्य भूभागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विहान सार्वजनिक बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।



कागजपत्र |
