सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं – तनहुँ, ब्यास नगरपालिका १ स्थित सडकमा ग. १४ प ६५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तनहुँ ऋषिङ गाउँपालिका ४ भिरकोट घर भएकी ७५ वर्षीया पार्वती रानाभाटको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै धनुषा, धनौजी गाउँपालिका ४ जमुनि पुलस्थित सडकमा प्र-२-०३-०१७ प ६०३०नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका ४ भडरीया बस्ने १५ वर्षीय नितेश पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको काव्य हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया