गभर्नर अधिकारीको कारबाही तत्काल फिर्ता लिन एमालेको चेतावनी


काठमाडौं – नेकपा एमालेले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

प्रतिक्रिया