
आजको मौसमः यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ- मधेस, बागमती र गण्डकी र प्रदेश नं १ मा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।
सोही प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशको मौसम सफा रहने विभागले बिहान प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ।



कागजपत्र |
