आईपीएलः पञ्जाबमाथि गुजरातको रोमाञ्चक जित


काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले पञ्जाब किग्समाथि रोमाञ्चक जित हात पारेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा शुक्रबार गुजरातले पञ्जाबलाई ६ विकेटले हराएको हो।

पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए। गुजरातका रासिद खानले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा १९० रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। गुजरातका लागि सबमन गिलले ९६ रनको पाली खेले।

जितको लागि अन्तिम २ बलमा १२ रन आवश्यक रहेको बेला गुजरातका राहुल तेवाइताले लगातार २ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

यसपटकको नयाँ टोली गुजरातले अहिलेसम्म खेलेको तीनै खेलमा जित हात पारेको छ। यससँगै गुजरात दोस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया