लमहा खोलामा महिलाको शव फेला


रौतहट – रौतहटको लमहा खोलामा एक महिलाको शव फेला परेको छ। यमुनामाई गाउँपालिका( २ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो। शवको सनाखत हुन सकेको छैन।

स्थानीयले खोलाको पानीको डुबेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।
महिलाको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ।

प्रतिक्रिया