राज्यको सम्पत्तिमा प्रचण्ड परिवारको हालिमुहाली


काठमाडौँ– नेपालमा गणतन्त्र आएको धेरै भएकै छैन। जनताको शासन जनताले नै चुनेको मान्छेले गर्नुपर्छ, जसको खेत उसको जोतलगायत उत्कृष्ट नारा घन्काउँदै माओवादीले १० वर्षे जनयुद्ध गर्याे। जनताका लागि लडाइँ लडेको बताउने माओवादीले जनतालाई दुख दिने, हत्या–हिंसालाई बढावा दिने गरेपछि तत्कालीन प्रधानमन्त्री

गिरीजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतसँग वार्ता गरे शान्ति सम्झौता गरे। जंगलबाट मूलधारको राजनीतिमा आएको माओवादीले चुनावमा भाग लियो २०६४ सालको चुनावमा माओवादीलाई जनताले बहुमतसहित सरकारमा जाने बाटो खुला गरिदिए।

सरकारमा जाँदा पनि माओवादीको फुर्ति र जनताको नाम भजाएर गर्जे भाषणमा कमी आएन। कमी आयो त कार्यान्वयनको जनताको जीवन बदल्ने योजनाको। आज त्यही माओवादी स्वार्थ नमिलेर चिरा चिरा भएको छ। पार्टी फुटेर आधा दर्जनजति पार्टी बनेको छ। मूल पार्टी भने उनै प्रचण्डले नै नेतृत्व गरिरहेका छन्। पार्टीको नाम छ नेकपा माओवादी केन्द्र।

आज उक्त पार्टीमा परिवारवाद अर्थात प्रचण्डतन्त्र हाबी छ। राज्यको सम्पत्तिमा प्रचण्ड परिवारको हालिमुहाली छ। प्रचण्ड स्वयम पूर्वप्रधानमन्त्री ह्न। उनी माओवादीको संसदीय दलको नेता पनि हुन। उनले यसै राज्यको सुविधा पाउने भइहाले। उनकी बुहारी बिना मगर विवाद हुँदा पनि पटक पटक मन्त्री भइन्। अहिले सांसद छन्। छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर छिन्।

यता कान्छी छोरी गंगा दाहाल उनै प्रचण्डकी स्वकीय सचिव छन्। उनले पनि राज्यको सुविधा खाइरहेकी छन्। त्यस्तै भाइ नारायण प्रसाद दाहाललाई हिजो(शुक्रबार) मात्रै राष्ट्रिय सभाको सदस्य मनोनीत प्रचण्डकै सिफारिसमा गरियो। प्रचण्डले आफ्ना ज्वाइँलाई पनि पार्टीको केन्द्रीय सदस्यसमेत बनाएका छन्। पछिल्लो दशक प्रचण्ड परिवादमा रमाएका छन्।

प्रतिक्रिया