
हङकङ जाने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य
काठमाडौं – काठमाडौंबाट हङकङ उड्ने सबै यात्रुका लागि ४८ घण्टभित्र परिक्षण गरिएको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ। नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ ।
कोरोना भाइरसको प्रभाव कम हुँदै गएपनि भाइरसको नयाँ नयाँ भेरीयण्टको उत्पतिका कारण संसारका केही मुलुकले भने अझै पनि यात्रामा कडाइ गरिरहेका छन् ।
निगमका अनुसार परीक्षणका लागि यात्रुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । रिर्पोट सोमबार ३ बजेसम्म वितरण भइसक्ने छ । टेकुबाट पिसिआर नेगेटिभ भएको प्रमाणपत्र र ल्यावले उपलब्ध गराउने व्यक्तिगत लेटर साथमा बोकेका यात्रुले मात्र यात्रा गर्न पाउने छन् ।



कागजपत्र |
