काठमाडौँमा आज राप्रपाले शक्ति प्रदर्शन गर्दै


काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टीले  आज(चैत २५ गते) शुक्रबार काठमाडौँमा आमसभा गर्ने भएको छ। चुनावी प्रचारका लागि राप्रपाले काठमाडौँको खुलामञ्चमा आमसभा आयोजना गर्न लागेको हो।

पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही चैत २६ गते झापाको दमक, २७ गते मकवानपुरको हेटौँडा, २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगञ्जमा सभा गरिने भएको छ। यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ।

प्रतिक्रिया