राष्ट्रसंघको मानव अधिकार परिषदबाट निलम्बित भयो रूस, नेपालले भोट हालेन तटस्थ बस्याे


काठमाडाैँ- संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित गरिएको छ।  बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो।

रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए। ५८ मुलुक तटस्थ बसेका थिए।

मतदानमा नेपाल पनि तटस्थ बसेको थियो। गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो।

प्रतिक्रिया