
गोली हानी साथीको हत्या आरोपमा एकजना पक्राउ, दुई फरार
धनुषा – धनुषाको हंसपुरमा साथीलाई गोली प्रहरी गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबीले तीन जनाले योजना बनाएर साथीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हंसपुर नागरपालिका–७ नौवाखोरका १८ वर्षीय विजय रामलाई हत्या गरी गहुँ खेतमा फालेको आरोपमा स्थानीय २० वर्षीय मनोज रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार साँझ तीन जना साथीहरुसँग घुम्न गएकाेमा विजयको शव मंगलबार बिहान गहुँखेतमा भेटिएको थियो ।
हत्या आरोपी २२ वर्षीय जितु मण्डल र १९ वर्षीय पंकज मण्डल भने फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
हत्यामा संलग्न पंकज मण्डलको सर्ट र चस्मा घटनास्थलमा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका महरालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
