बेन्जेमाको ह्याट्रिकमा चेल्सीमाथि रियलको शानदार जित


काठमाडाैँ- च्याम्पियन्स लिगअन्तर्गतको बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडले चेल्सीमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा रियलले महत्वपूर्ण जित हात पारेको हो। रियललाई जित दिलाउने क्रममा करिम बेन्जेमा एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।

यसअघि अन्तिम १६ को दोस्रो लेगमा पनि पीएसजीविरुद्ध जित हात पार्ने क्रममा बेन्जेमाले ह्याट्रिक पूरा गरेका थिए। अब यी दुई टोलीबीच क्वार्टरफाइनलको दोस्रो लेगको खेल अप्रिल १३ मा हुनेछ। यो खेलले सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो गर्नेछ।

प्रतिक्रिया