च्याम्पियन्स लिगः बार्यन म्युनिखमाथि भिलारियलको जित


काठमाडौँ– च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा भिलारियलले बार्यन म्युनिखमाथि १–० को जित हात पारेको छ।

बुधबार घरेलु मैदानमा भएको खेलमा भिलारियलले महत्वपूर्ण जित हात पारेको हो। बुधबार भएको खेलमा भिलारियललाई जित दिलाउने क्रममा खेलको ८ औं मिनेटमा अर्नौट डान्जुमाले गोल गरे। यी दुई टोलीबीचको दोस्रो लेगको खेल अप्रिल १३ मा हुनेछ।

प्रतिक्रिया