आईपीएलमा मुम्बईमाथि कोलकाताको जित


काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि ५ विकेटको जित हात पारेको छ। बुधबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको पाली खेलेका थिए। जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। कोलकातालाई जित दिलाउने क्रममा प्याट कमिन्सले केवल १५ बल खेल्दै अविजित ५६ रन बनाए। त्यस्तै वेन्कटेश ऐय्यरले अविजित ५० रनको पाली खेले

प्रतिक्रिया